दफा
सदस्यको निमित्त अयोग्यता

देहायको कुनै व्यक्ति परिषद्को सदस्यमा मनोनीत वा निर्वाचित हुन वा सदस्यमा बहाल रहन अयोग्य मानिनेछ :–

(१) गैर नेपाली नागरिक,

(२) दर्ता किताबमा नाम हटाइएको,

(३) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजायपाएको, वा

(४) मगज बिग्रेको ।